Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १० : ३३ मा प्रकाशित

५ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

नेपाल राष्ट्र बैंकले ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि मंगलबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । यसअघि आज बोलकबोल गरिने भनिएको थियो ।  तर आज शोक बिदा परेको हुनाले अब भाेलि बाेलकबाेल गरिनेछ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख ५ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (माघ ३ गते, मंगलबार) दिउँसो २ बजे बोलकबाेल भएर पर्सी माघ ४ गते, बुधबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

63c4d7aba4678.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको