Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड इन्टरनेशनलबीच एमओयु, आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १६ : ५८ मा प्रकाशित

नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड इन्टरनेशनलबीच एमओयु, आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने

नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलकाबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार नेत्रज्योति संघको केन्द्रिय कार्यलयमा दुई संस्थाका बीचमा समझदारी पत्र(एमओयु) मा हस्ताक्षर भएको हो ।

नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त, महासचिव भरत बहादुर चन्द र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालीहरुलाई सहज तथा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित दुई संस्थाहरुकाबीचमा एमओयु भएको हो । हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलले नेत्रज्योति संघद्धारा संचालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुलाई निःशुल्क रुपमा चस्मा उपलब्ध गराउने छ भने संघले उक्त चस्माहरु लक्षित वर्गलाई निःशुल्क वितरण गर्नेछ ।

दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुको छ ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल अमेरिकाको क्लोराडोमा रहेको गैर नाफामुलक संस्था हो जसले नेपालमा रहेका अल्पसंख्यक समुदायहरुको स्वास्थ्य तथा शिक्षाको स्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको