Like us!
Follow us!
Connect us!
Watch us!

नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर, २५० जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १० : ४२ मा प्रकाशित

नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर, २५० जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने

नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिबिरबाट ६३४ जना लाभान्वित भएका छन् । 

रोटरी क्लब अफ नवलपरासीसंगको सहकार्यमा सरावल गाँउपालिकाको मनरी हेप्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिबिरमा आँखा परिक्षण गराएकाहरु मध्य २५० जना बिरामीहरुमा मोतिबिन्दु रोग देखिएको छ ।

मेतिबिन्दु देखिएका २५० जना बिरामीको डा.बिनोद निकिता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्लेक्रिया हुने अस्पतालका व्यबस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए । 

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । 

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको