Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलबिद्युतको लाभांश सेयरधनीको खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

सोमबार, १६ माघ २०७९, ०६ : ४९ मा प्रकाशित

चिलिमे जलबिद्युतको लाभांश सेयरधनीको खातामा जम्मा, नआए के गर्ने ?

चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको पौष २२ गते सम्पन्न भएको २६ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७.५ प्रतिशत बोनश सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको ७.५ प्रतिशत नगद लाभांश कर काटेर सेयरधनीहरूको खातामा पठाइएको हो ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

63d717f947a5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको