Like us!
Follow us!
Connect us!
Watch us!

निगमले बढा्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ०६ : ३० मा प्रकाशित

निगमले बढा्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्उ बढाएको छ । निगमले प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो । 

निगमले सोमबार राति १२ बजे देखि लागू हुने गरी मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल÷मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ । खाना पकाउने एलपीजी ग्यास  र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 

इन्डियन आयल कर्पाेरेसन(आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो । सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले    जनाएको छ  । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको