Like us!
Follow us!
Connect us!
Watch us!

विकास निर्माण अवरुद्ध गर्नेमाथि कठोर बन्दै भौतिकमन्त्री

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १३ : ४९ मा प्रकाशित

विकास निर्माण अवरुद्ध गर्नेमाथि कठोर बन्दै भौतिकमन्त्री

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशभरिका रुग्ण आयोजनाका निर्माण व्यवसायीलाई हिजो (सोमबार) मन्त्रालयमा बोलाएर आयोजना सम्पन्न हुन नसक्नुको कारण माग गरेका छन् । मन्त्री श्रेष्ठले ती आयोजना किन सम्पन्न हुन सकेनन्? भन्दै व्यवसायीलाई समयमा नै काम सक्न निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालयअन्तर्गतका कतिपय खण्ड व्यवसायीको लापर्बाहीका कारण रुग्ण आयोजनामा परेको भन्दै अब लापार्बाही गर्नेमाथि कठोर कारबाही गर्ने समेत चेतावनी दिए ।

उक्त छलफलमा उनले हुलाकी राजमार्ग निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय व्यापारिक मार्गअन्तर्गत आयोजनामध्ये काम सम्पन्न हुन ढिलाइ तथा कम गुणस्तरका काम भएका आयोजनाको निर्माण व्यवसायीलाई समयमै र गुणस्तरीय कार्य गर्न प्रतिबद्धता जनाउन लगाए ।-राजधानी दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको