Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा पायो

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १४ : २२ मा प्रकाशित

नेपालले अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा पायो

नेपालले अतिकम विकसित देश (एलडीसी) को ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ । मार्च ५ तारिख अर्थात् गएको आइतवार देखि दुई दिनसम्म दोहामा भएको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ गएराति स्वदेश फर्केका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको