Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : २४ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (आइतबार) सेयरबजारमा २६.८० अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै कारोबार रकम समेत एक अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । आज सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख, निफ्राको ४ करोड ११ लाख र ङादी ग्रुप पावरको ३ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको