Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको आश्वासन पछि बैङ्कको ब्याजदरविरुद्धको आन्दोलन स्थगित

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ०६ : ४९ मा प्रकाशित

प्रधानमन्त्रीको आश्वासन पछि बैङ्कको ब्याजदरविरुद्धको आन्दोलन स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन पछि बैङ्कको ब्याजदरविरुद्ध आन्दोलनमा रहेका उद्योगी व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन्  ।  

विगत केही समययता विभिन्न जिल्लाका उद्योगी, व्यवसायी बैङ्कले चर्को ब्याज लिएको भन्दै आन्दोलनरत थिए । प्रधानमन्त्रीसँग मङ्गलबार भेट गरेपछि उद्योगी, व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

संघर्ष समिति नै बनाएर निजी क्षेत्र सम्बद्ध विभिन्न सङ्घ÷संस्था सोमबारदेखि नेपाल राष्ट्र बैङ्कअगाडि धर्नामा बसेका थिए ।अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट  आएपछि  आन्दोलनका  कार्यक्रम  स्थगित गरिएको समितिले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको