नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३ गते (शुक्रबार) वार्षिक साधारण सभा डाकेको छ । सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो ।
कम्पनीले यस सभामार्फत् लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन् । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान, नगद प्रवाह विवरणलगायत का विषयमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस