Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : ५७ मा प्रकाशित

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

निगमका अनुसार डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसाले घटेर आएको छ । हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँमा बिक्री भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको