आज सेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको हो। आज सेयरबजारमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
सर्वाधिक हिमालयन डिष्टिलरीको ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ३ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो ।त्यस्तै, यता जीवन विकास लघुवित्तको ४ करोड ७० लाख, नबिल बैंकको ४ करोड ४ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस