Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १५ : ११ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । आज सेयरबजारमा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ०.७७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । साथै, आइजिआई र प्रुडेन्सियल इन्स्योरेन्सले चाँडै एकीकृत कारोबार सुरु गर्न लागेसँगै शेयर कारोबार रोक्का हुनु अगावै लगानीकर्ताहरुले सेयर बिक्री गरेका हुन् ।

साथै हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख र अपि पावर कम्पनीको ३ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको