Like us!
Follow us!
Connect us!
Watch us!

२५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्न बोर्डको प्रस्ताव, अरु के–के छन् व्यवस्था ? (मस्यौदासहित)

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १५ : १० मा प्रकाशित

२५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्न बोर्डको प्रस्ताव, अरु के–के छन् व्यवस्था ? (मस्यौदासहित)

नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन गर्न तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले आज (बिहीबार) कारोबार सम्बन्धी नियमावली, २०७९’ को मस्यौदा सार्वजनिक गरेको हो ।

‘यस नियमावली बमोजीम बोर्डमा धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा २५ करोड रुपैयाँ हुनुपर्नेछ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्नेछ’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

बोर्डले एसएमई कारोबारसम्बन्धी जारी गरेको मस्यौदामा बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरु एसएमईमा दर्ता हुनसक्ने उल्लेख गरेको छ । 

एसएमईमा दर्ता भएका कम्पनीहरुले आइपीओ जारी गर्नु पूर्व रेटिङ गर्न भने अनिवार्य हुने छैन । यस्ता कम्पनीहरुको आइपीओमा न्यूनतम २५० कित्ताका लागि आवेदन दिनुपर्ने बोर्डले व्यवस्था गरेको छ । एसएमईहरुले प्रिमियम भाउमा पनि आइपीओ जारी गर्नसक्ने व्यवस्था गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको