आज सेयरबजारमा हरियाली छाएको छ । नेप्से ८.३९ अंकले बढेर १८७५ को विन्दुमा कायम हुन पुगेको हो ।
सेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको २ करोड ३२ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड १७ लाख, एनआइसी एशिया बैंकको १ करोड ८५ लाख र हिमालयन डिष्टिलरीको १ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस