Like us!
Follow us!
Connect us!
Watch us!

एफएनसीसीआई निर्वाचनको पूर्व सन्ध्यामा डा. बाबुरामले भने– ‘टाउकाको औषधि नाइटोमा नलगाऔँ’

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, ११ : ३१ मा प्रकाशित

एफएनसीसीआई निर्वाचनको पूर्व सन्ध्यामा डा. बाबुरामले भने– ‘टाउकाको औषधि नाइटोमा नलगाऔँ’

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पूर्व सन्ध्यामा गम्भीर प्रश्न उठाएका छन् । नेपालका उद्योगी व्यापारीहरूको छाता संगठन एफएनसीसीआईको राष्ट्रिय सम्मेलनको संघारमा यसले ठिक ढङ्गले बहस र विमर्श नगरेको उनको टिप्पणी छ । आज (बिहिबार) सामाजिक सञ्जाल ट्विटर अकाउन्ट मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रणनीतिक र संरचनात्मक विषयमा विमर्श गर्न व्यापारीहरुलाई आह्वान गर्दै यस्तो टिप्पणी गरेको हुन् । 

भट्टराइले लेखेका छन्, ‘नेपालका उद्यमी व्यवसायीहरूको छाता संगठन एफएनसीसीआईको राष्ट्रिय सम्मेलनको संघारमा टाउकाको ओखती नाइटामा भने झैं अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गरौं ।’ 

रणनीतिक र संरचनात्मक रूपान्तरको लागि काम गर्नु पर्ने कुरामा जोड दिँदै उनले हाल नेपालको अर्थतन्त्रमा देखा परेका निम्न अनुसारको चार समस्याहरू समेत पेश गरेका छन् । 

१. हाम्रो औसत प्रतिव्यक्ति जिडिपी विश्वको भन्दा दश गुना कम छ  । यसलाई विश्वको हाराहारीमा पु¥याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर ४५ वरपर मात्र छ । जबकि हाम्रा छिमेकी र अरू एसियाली देशले यो बिचमा ठूलो फड्को हानिसके ।

२. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर पन्ध्र गुना नाघेको छ।

३. खुला सिमानाबाट झन्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ। सस्तो श्रम निर्यात र महँगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ। बाच्छाले सॉढेसंग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौं।

४. हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको बिचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन्।देशको अर्थतन्त्र राजनीति र राज्य बिचौलियाहरूको कब्जामा गइरहेछ। हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन। यो कहिलेसम्म?

नेपालका उद्यमी व्यवसायीहरूको छाता संगठन@fncci_nepal को राष्ट्रिय सम्मेलनको संघारमा टाउकाको ओखती नाइटामा भने झैं अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गरौंः १.हाम्रो औसत प्रतिव्यक्ति GDP विश्वको भन्दा दश गुना कम छ!..२

— Baburam Bhattarai (@brb1954) April 6, 2023

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको