Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १४ : ४४ मा प्रकाशित

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमकाबीच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा। अगस्टिन थोमस एस।जे। ले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप(प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको