आज मंगलबार सेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१.३३ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयरबजारमा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस