नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
नेप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल ‘एसएमजेसी’ रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल काठमाडौंबाट हुने जानकारी दिएको छ ।
त्यस्तै नेप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एमएचसिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमाबाट हुने जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस