आज सेयरबजारमा केहि सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ को विन्दुमा पुगेको हो ।
सेयरबजारमा केही सुधार देखिएपनि यता कारोबार रकम भने माथि उक्लिन सकेको छैन । सेयरबजारमा जम्मा ८७ करोड २१ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
सर्वाधिक स्वाबलम्बन लघुवित्तको प्रोमोटर सेयर ८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ३ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १७ लाख र निफ्राको २ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस