आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा कायम हुन पुगेको हो ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९७ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कुमारी बैंकको ३ करोड ७५ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख र एभरेष्ट बैंकको २ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस