Like us!
Follow us!
Connect us!
Watch us!
बोर्डमा आजै तेस्रो निवेदन पनि दर्ता हुने

स्टक एक्सचेन्जको लाइसेन्स लिन दोस्रो आवेदन दर्ता

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १४ : ४३ मा प्रकाशित

स्टक एक्सचेन्जको लाइसेन्स लिन दोस्रो आवेदन दर्ता

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स लिन आज आइतबार अन्तिम दिन उपेन्द्र महतोको नेतृत्वमा नेशनल स्टक एक्सचेन्जको आवेदन दर्ता भएको छ । आज दोस्रो नम्वरमा नेशनल स्टक एक्सचेन्ज कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको हो । 

नेशनल स्टक एक्सचेन्जमा उपेन्द्र महतो, दीपक तिमिल्सिना, सिद्धार्थ ग्रुप अग्नि ग्रुप रिलायन्स ग्रुप, अर्का एनआरएन जीवा लामिछाने, एनआरएनका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी रहेको छ । बेलायत बसेर व्यापारव्यावसाय गरिरहेका रविजंग लामिछानेको पनि नेशनल स्टक एक्सचेन्जमा लगानी हुने जनाइएको छ ।

यसअघि गत शुक्रबार हिमालयन स्टक एक्सचेन्जको आवेदन दर्ता भइसकेको छ । उक्त एक्सचेन्ज दिपक भट्टको नेतृत्वमा रहेको छ । बोर्डमा आजै तेस्रो निवेदन पनि दर्ता हुने बुझिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको