Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपालाई पहिले पनि सरकारमा ल्याउने सहमति भइसकेको थियो, गठबन्धनमा टुङ्गो लगाइनेछ : माधवकुमार नेपाल

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १५ : ०६ मा प्रकाशित

रास्वपालाई पहिले पनि सरकारमा ल्याउने सहमति भइसकेको थियो, गठबन्धनमा टुङ्गो लगाइनेछ : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । 

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उनले भने । 

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 

विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभयो । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए। 

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी पनि गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको