राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै, पार्टीले सरकारमा नजाने निर्णय गरेकाे छ ।
शुक्रबार बसेकाे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा बाेल्दै पार्टीका सभापती रवि लामिछानेले मतदाताहरूकाे मतको सम्मान गर्दै आफूहरूले सरकारमा नजाने निर्णय गरेको बताएका छन् । सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस