Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्रबनाएका बेला गृह मन्त्रालयमा सचिव हेरफेर

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १० : ३६ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्रबनाएका बेला गृह मन्त्रालयमा सचिव हेरफेर

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएका बेला सरकारले गृह मन्त्रालयमा सचिव हेरफेर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय मंगलबारको बैठकले गरेको हो ।

भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका थिए ।

गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको