Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १६ : ३४ मा प्रकाशित

भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईलहरुको नाम मुछिएको रहेको बेला उनीहरुलाई उन्मुक्ति दिन लागेको त होईन भन्ने चर्चा चलिरहेको अवस्थामा उनले भने कुनैपनि हालतमा दोषीलाई उम्कन नदिने चेतावनी दिए ।

उनले भने–‘कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न म पछि हट्दिनँ ।’ हाम्रो देशमा अरू थुप्रै समस्याहरू छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको