Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस पदाधिकारी बैठकले बालकृष्ण खाँणलाई निलम्बन गर्ने निर्णय गर्न सकेन

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, ०७ : २४ मा प्रकाशित

कांग्रेस पदाधिकारी बैठकले बालकृष्ण खाँणलाई निलम्बन गर्ने निर्णय गर्न सकेन

नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो ।  

  “बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो, तर  कुनै निर्णय भएको छैन” बैठकक बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भन्नुभयो, “छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन ।”

 पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनअनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको र राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएकोउनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको