Like us!
Follow us!
Connect us!
Watch us!

सबै आईपीओको मूल्य १०० हुनु सही छैन, फेयर मार्केट भ्यालुएसनको कन्सेप्टमा जानुपर्छ : हमाल

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १४ : ३५ मा प्रकाशित

सबै आईपीओको मूल्य १०० हुनु सही छैन, फेयर मार्केट भ्यालुएसनको कन्सेप्टमा जानुपर्छ : हमाल

हरेक कम्पनीले निष्कासन गर्ने साधारण सेयर आईपीओको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिनु सही नभएको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बताउँछन् ।

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ती गरेपश्चात ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुभारम्भको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, "निकट भविष्यमा चाँडै हामी फेयर मार्केट भ्यालुएसनको कन्सेप्टमा जानुपर्छ । यसरी १०० नै जन्मसिद् अधिकार भन्ने कन्सेप्टबाट हामी टाढा जानुपर्छ । किनभने अहिले हाम्राे समाजमा चेतनाकाे कस्ताे लेभल छ भने ६०-७० रूपैयाँ नेटवर्थ भएका कम्पनीको आईपीओको मूल्य १०० रूपैयाँ हुँदा कसैलाई पनि कम्प्लेन छैन । त्यहाँ पनि त अन्डर भ्यालुएसन भईसक्यो नी । ओभर भ्यालुएसन त्यहाँ भईसक्यो । १०० रूपैयाँलाई जन्मसिद् अधिकारकाे रूपमा लिनु राईट हैन । हामीले त सबै कुरा राईट बनाउनु पर्छ ।"

आईपीओको फाइल पाइपलाइनमा आएपछि छिट्टो भन्दा छिट्टो न्याय गर्न आफूहरू लागिपरेको उनी बताउँछन् । विगतका दिनमा एउटा आईपीओको फाइल पास गर्नलाई १२ महिना १५ महिनादेखि २० महिनासम्म लाग्ने गरेकोमा अहिले आफ्नो कार्यकाल सुरू भएपछि हरेक महिना औषतमा ४ वटा फाइल पास भईरहेको उनले सुनाए । लगानीकर्ताहरूको सम्मान हुनुपर्छ भन्ने धारणाले यो प्रकृयालाई सकभर छिटो गरिएको उनी बताउँछन् । याे प्रकृया अहिले म्यानुअल रहेकाे र अब जतिसक्दाे छिट्टै प्रविधीमा अपग्रेड गरिने उनले बताए । 

वक्तव्यकै क्रममा अन्डरराईटिङ प्रोसेसमा नेपालले ठूलो फड्को मार्नुपर्ने देखिएको उनले बताए । अन्तराष्ट्रिय बजारमा जे प्रकृया हुने गरेकाे छ नेपालमा पनि साेही किसिमकाे प्रकृया हुनुपर्ने उनकाे तर्क छ । उनले भने, "हामीले सुधार्नुपर्ने पहिलाे ठूलाे पक्ष भनेकाे अन्डरराईटिङ प्रोसेस । अहिले नेपालमा भइराखेकाे याे प्राेसेसमा हामीले क्रान्तिकारी परिवर्तन ल्याउनु पर्नेछ । हामीले यस सम्बन्धी इन्टायर प्राेसेसलाई पारदर्शी बनाउनु पर्छ । अन्डरराईटिङ प्रोसेसमा नेपालले ठूलो फड्को मार्नुपर्ने छ । अन्डरराईटिङ प्रोसेस जसरी इन्टरनेशनल मार्केटमा इस्टाब्लिस्ड भएकाे छ त्यसरी नै हुनुपर्छ । त्यही नै न्याय हाे ।"

आफूहरूले इक्विटी लगानीको वातावरण सृजना गरिरहेको र त्यसका लागि मर्चेन्ट बैंकहरूको ठूलो भूमिका हुने उनले बताए । राज्यले विकासका लागि आवश्यक उपकरणहरू निर्माण गरिदिनु पर्नेमा उनले जाेड दिएका छन् ।

कार्यक्रममा वक्तव्यकै क्रममा उनले सबैलाई खुशी पारेर काम गर्न नसकिने दुखेसाे गरे । राम्रै काम गरेर पनि सबैकाे चित्त बुझाउन नसकिने उनले उल्लेख गरे । बाेल्दै जाँदा उनले आफूले कहिल्यै सरकारी कर्मचारीको जसरी काम नगरेको बताउँदै हर सम्भव सुधार विकासका कामका लागि मेहेनत गरिरहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको