Like us!
Follow us!
Connect us!
Watch us!

बियरिस चरणको अन्तिम करेक्सन, सकेसम्म सेयर किनौँ : अजय सिंह थापा

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १६ : ५७ मा प्रकाशित

बियरिस चरणको अन्तिम करेक्सन, सकेसम्म सेयर किनौँ : अजय सिंह थापा

अर्थ संसारले दैनिक रुपमा एक एक जना सेयर लगानीकर्ता एवमं विश्लेषकको धारणा लिई प्रकाशन गरिरहेको 'सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताले चाल्नुपर्ने कदम' श्रृङ्खला अन्तर्गत आजका लागि हामीले जय शम्भोका नामले परिचित प्राविधिक विश्लेषक अजय सिंह थापासँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, "अहिलेको सेयर बजार चाहीँ बियरिस चरणको अन्तिम करेक्सनमा छ भन्ने रूपमा मैले बुझेको छु । अब धेरै समय मार्केट करेक्सनमा रहँदैन । अबको दुईदेखि ३ महिनाको बीचमा बुलिस मार्केट सुरू हुन्छ भन्ने स्थितीमा यसलाई चाहीँ मैले एकुमुलेसनको फेजमा लिएको छु ।"

बजार लगातार घट्दा लगानीकर्ताहरु प्यानिक छन्, अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने, "साना लगानीकर्ताहरू भन्दा पनि सम्पूर्ण लगानीकर्ताहरूलाई चाहीँ के हुन्छ भने मार्केटमा के साईकोलोजी चलेको छ अथवा भर्खरै के भयो त्यसले चाहीँ मान्छेलाई ज्यादा प्रभाव पार्छ । डेढ दुई वर्ष भयो मार्केट लगातार घटेर आएको छ । कतिपय लगानीकर्ताहरू बुलको अन्तिममा अथवा यही बीचमा घटेको बेलामा मात्र प्रवेश गर्नुभएको छ । जो लगानीकर्ताहरू पहिल्यैदेखि मार्केटमा हुनुहुन्थ्यो उहाँहरूले बुल बियर दुई वटै मार्केट देख्नुभयो उहाँहरूलाई प्रोब्लम छैन । तर जो अहिले पछि प्रवेश गर्नुभयो र बुल देख्नु भएको छैन उहाँहरूलाई चाँडै बढ्छ भन्ने विश्वास पनि छैन । यो टाइममा नयाँ लगानीकर्ताहरू प्रवेश गर्न चाहानुहुन्छ भने एकदमै राम्रो अवस्था छ । जसले प्रवेश गरिसक्नु भयो उहाँहरूले पनि भएको सेयर होल्ड गर्ने र आफूसँग फण्ड म्यानेजमेन्ट हुन्छ भने सेयर थप्न सकियो भने अबको डेढ दुई वर्षभित्र राम्रो कमाउने अवसर हुन्छ । साना लगानीकर्ता वा नयाँ लगानीकर्ता जो पनि हुनुहुन्छ यो टाइममा आएर प्यानिक भएर डराउने हैन की सकेसम्म फण्ड, पैसा जोहो गरेर सेयर किन्ने विचार गर्नुपर्ने टाइम हो ।"

यसअघि यही सन्दर्भमा अन्य लगानीकर्ताहरूसँग गरिएकाे कुराकानी पढ्न तलका लिङ्कहरू थिच्नुहाेस् :

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

स्ट्रङ बाउन्स ब्याक कुर्दै बजार, स्थिर नभई नयाँ लगानी नथप्दा उपयुक्त : दुर्गा तिवारी

बढ्ने चान्स हाई छ, अहिले नकिने कहिले किन्ने : शिव चन्द्र

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको