Like us!
Follow us!
Connect us!
Watch us!

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

निशा हुमाँगाई

शनिबार, ३० बैशाख २०८०, ०८ : ०४ मा प्रकाशित

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ :  दिपेन्द्र अग्रवाल

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् । यही सन्दर्भमा हामीले एक साताभरी बजारका अनुभवी लगानीकर्ता एवमं विश्लेषकहरूसँग सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताहरूले चाल्नुपर्ने कदमबारे कुराकानी गर्ने भएका छौँ ।

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

यसअघि हामीले नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग, लगानीकर्ता एसपी चौलागाईँसँग  कुराकानी गरेका थियौँ । आज भने हामीले बजारका अर्का लगानीकर्ता दिपेन्द्र अग्रवालसँग कुराकानी गरेका छौँ ।

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “अहिले अवस्था लगानी गर्नका लागि एकदमै राम्रो छ । किनभने ब्याजदर घटेको छ, विदेशी सञ्चिती पोजेटिभ भएको छ, रेमिट्यान्स महिनौँ औषतमा एक खर्ब रूपैयाँ आइरहेको छ अरू पनि पोजेटिभ फ्याक्टरहरू छन् अब बेस रेट पनि घट्ने भयो बैंकहरूको, ब्याजदर पनि कम्ति हुनेछ । अरू फ्याक्टरहरू के छ भने अहिले नियमहरू जे छ राष्ट्र बैंक लगायतहरूको घर जग्गामा ३० प्रतिशत भन्दा बढी लोन नदिने, साथै वर्किङ क्यापिटलको ट्रेडिङ कर्जामा २५ प्रतिशत भन्दा बढी कर्जा नदिने भन्ने । अरू कुनै सेक्टरमा लगानी गर्ने अवस्थै रहन्न । त्यसैले जति पनि पैसा छ त्यो सबै सेयर बजारतिरै आउँछ । यो आज नत्र भोलि हुनेवाला छ । हामीले के बुझ्नुपर्छ भने त्यसबेला सेयर बजारले नयाँ हाई बनाउँछ ।“

बजार लगातार घट्दा लगानीकर्ता एकदमै प्यानिक बनिसकेका छन्, अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने, “साना ठूला सबै लगानीकर्ताहरूलाई मेरो एउटै भनाई छ यदि तपाईँसँग पैसा छ भने लगानी गर्नुस् पैसा छैन भने चुपो लागेर बस्नुस् केही नगर्नुस् । अहिलेको समयमा कित्ता जोगाउने हो र राम्रो दिन आएपछि बेच्ने हो । लस बुक नगर्ने एकचोटी तपाईँ लस बुक गरेर बस्नुभयो भने त्यसपछि फेरि मार्केटमा छिर्न सक्नु हुन्न ।“  

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको