Like us!
Follow us!
Connect us!
Watch us!

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

निशा हुमाँगाई

आइतबार, ३१ बैशाख २०८०, १८ : ४५ मा प्रकाशित

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् । यही सन्दर्भमा हामीले बजारका  लगानीकर्ता रोहन कार्कीसँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “सेयर बजार बटममा छ । बजारले माथि जानको लागि केही नीतिगत सुधारको अपेक्षा गरेको थियो । राष्ट्र बैंकको मौद्रिक नीतिबाट हुन्छ की भन्ने आशा थियो तर खासै सेयर बजारलाई प्रत्यक्ष रूपमा केही भएन । अप्रत्यक्ष रूपमा त केही ब्याजदरहरूको कुराले टच गरेको छ तर डाइरेक्टली सेयर बजारलाई मौद्रिक नीतिले नछोएपछि लगानीकर्ताहरूमा अलिकति केही नैराश्यता छाएको छ जुन आजको बजारले घटाईले पनि देखायो । तर ओभरअलमा हामीले भन्नुपर्दा खेरी अहिले हामी बटममा भको र ब्याजदर घट्दो क्रममा भको, सिडी रेसियो अहिले राम्रो अवस्थामा छ, वैदेशिक मुद्राको रिजर्भलाई हेर्ने हो भने पनि अहिले हामी ११ महिना भन्दा बढी खरिद गर्न सक्ने एउटा स्ट्रङ अवस्थामा छौँ । भोलिको इन फ्युचरलाई हेर्ने हो भने पनि ब्याजदर अझ धेरै घट्दै जाने, तरलता अझै सहज हुँदै जाने देखिन्छ किनभने बैंकको डिपोजिट सुध्रिँदै गएको छ भने बैंकको कर्जा प्रवाह चाहीँ सुस्त गतिमा छ । नयाँ ब्रोकर लाइसेन्सहरू जुन अहिले आउने क्रममा छ, यिनीहरूले लाइसेन्स पाउने बित्तिकै बजारले नयाँ बुलको र्याली स्टार्ट गर्छ जस्तो लाग्छ ।“

अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने,  “अहिले बजार साइडवेजमा चलिराछ । बजार एकदमै किन्ने विन्दुमा छ । यो विन्दुमा हामीले बिस्तारै बिस्तारै पैसा हुने साथीहरूले सेयर किन्दै गर्दाखेरी छोटो समयमा राम्रो रिटर्न हुने सम्भावना एकदम प्रचुर देखिन्छ । अहिले चाहीँ सेयर बजारमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय हो । अब बिस्तारै बिस्तारै हामीले राम्रा सेयरहरू एकुमुलेसन गर्ने, किन्ने हो भने छोटो समयमा राम्रो फाईदा हुन्छ ।“

यसअघि यही सन्दर्भमा अन्य लगानीकर्ताहरूसँग गरिएकाे कुराकानी पढ्न तलका लिङ्कहरू थिच्नुहाेस् :

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको