Like us!
Follow us!
Connect us!
Watch us!

बजेटका विषयमा थप स्पष्ट पार्न २ बजे पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालय; बुँदा २६, २७ र २९ को कुरा के हो ?

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १२ : १६ मा प्रकाशित

बजेटका विषयमा थप स्पष्ट पार्न २ बजे पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालय; बुँदा २६, २७ र २९ को कुरा के हो ?

आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा थप स्पष्ट पार्न अर्थ मन्त्रालयले आज दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। 
नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको आर्थिक विधेयक २०८० को बुँदा नम्बर २६,२७ र २९ मा उल्लेख गरिएका व्यवस्थाहरुका कारण सेयर बजारमा पहिरो गईरहेको छ। विशेषगरी बुँदा नम्बर २९ को व्यवस्थाले धेरैलाई आतंकित पारेको देखिन्छ। 

के छ बुँदा नम्बर २९ मा ?

आर्थिक विधेयकको बुँदा नम्बर २९ मा लेखिएको छ:

प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला  गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम सम्बत २०८० साल चैत्र मसान्तभित्र दाखिला गरेमा सो मा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ। यसरी कर दाखिला गर्ने व्यक्तिको सो भन्दा अघिल्लो वर्षहरुको कर, शुल्क र ब्याज मिनाहा हुनेछ। 

अहिले सेयर कारोबारमा १ वर्षभित्र किनबेच गर्नेलाई ७.५% र १ वर्षभन्दा लामो अवधिका लागि होल्ड गर्नेलाई ५% पूँजीगत लाभकर लाग्ने व्यवस्था छ। लगानीकर्ताहरुले यसैलाई नै अन्तिम कर मान्दै आएका थिए। तर यो व्यवस्थाले कतै पूँजीगत लाभकर मात्र नभएर थप कर पनि तिर्नुपर्ने पो हो कि भन्ने आशंकाका कारण लगानीकर्ताहरु प्यानिक भएका हुन्।  

यो विषयमा अर्थ मन्त्रालयका सूचना अधिकारी उप सचिव बसन्त राज तिवारीसँग बुझ्दा सेयर कारोबारको अन्तिम कर पूँजीगत लाभकर नै भएको बताए। 'अहिलेसम्म मैले बुझे अनुसार सेयर कारोबारीले थप कर तिर्नुपर्ने दायित्व यो व्यवस्थाले सिर्जना गर्दैन। यदि कुनै कारोबारीले कर नतिरेको भए तिर्नलाई सहज वातावरण बनाउने मात्रै बुँदा नम्बर २९ को व्यवस्था हो भन्ने मलाई लागेको छ। पत्रकार सम्मेलन मार्फत अर्थ मन्त्रीज्युले थप स्पष्ट पारी नै हाल्नु हुनेछ', उनले अर्थसंसारलाई बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको