Like us!
Follow us!
Connect us!
Watch us!

अबको बाटो : लगानीकर्ताहरुको एकमात्र आधिकारीक महासंघ

रोहन कार्की

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १२ : १९ मा प्रकाशित

अबको बाटो : लगानीकर्ताहरुको एकमात्र आधिकारीक महासंघ

महासंघ भए के के हुन सक्छ? 
- नियामक निकायबाट बेला बेलामा लगानीकर्तासँग समन्वय नगरी जारी हुने पूँजीबजार बिरोधी नितिहरु जारी हुन बन्द हुने । 
- देशभरी ७७ नै जिल्लामा तल्लो पालिका वडा तहसम्म लगानिकर्ताको सङ्गठन निर्माण हुने ।
- लगानिकर्ताको हकहितमा खर्च गर्ने गरि आफ्नै बजेट हुने । 
- पर्याप्त कर्मचारी सहितको आफ्नै कार्यलय हुनसक्ने जसबाट लगानिकर्ताको हरेक समस्याको तत्काल सम्बन्धित पक्षहरुसंग समन्वय गरी समाधान गर्न सकिने । सबै बिषय बिज्ञ र कानुनी झमेलामा कसैको मुख ताक्न नपर्ने । 
- लगानीकर्ताले हरेक अप्ठेरोमा जाने र आवाज उठाउने ठाउँ हुने ।
- पूँजीबजार सम्बन्धी हरेक नीति निर्माणको बेला सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायतका निकायसँग सिधा समन्वय गरी लगानीकर्ताको हित संरक्षण गर्न सहज हुने । 
- नेतृत्व क्षमताको आधारमा प्रत्येक २ वर्ष या तोकिएको विधान अनुसार देशभरिका लगानिकर्ताको भोटले नेतृत्व परिवर्तन गर्न सकिने
- अहिलेका विद्यमान दर्ता भएका सङ्गठनबाट वा स्वतन्त्र रुपमा निर्वाचित भएर नेतृत्वमा जान सक्ने 
- विद्यमान पुराना सङ्गठनहरुले महासंघले गर्ने राम्रा या नराम्रा काममा प्रतिपक्षको भूमिका निभाउन सक्ने 
- सधै एउटै नेतृत्वमा रहन नपाउने निश्चित समय पछि नेतृत्व परिवर्तन भैरहने । 
- लगानिकर्ताहरुलाई समय समयमा तालिम तथा सचेतना कार्यक्रम संचालित गर्न सकिने । 

आधिकारिक बलियो महासंघ बनेपछि लगानीकर्ताको हकहितमा, पूँजीबजारको विकासको पक्षमा सोचे जस्तै धेरै काम गर्न सकिनेछ। त्यसैले हरेक लगानीकर्ता मित्रहरुलाई यस महान अभियानमा सहभागी हुन अनुरोध गर्दछु । अहिले फुटेर लड्ने बेला होइन,५६ लाख लगानीकर्ताहरु जुट्ने बेला आएको छ । सबैले धेरै भन्दा धेरै सेयर गरी महासंघ निर्माणको माहोल बनाउन सहयोग गरिदिनुहोला ।
जय पूँजीबजार, जय लगानीकर्ता !!

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको