Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ४२ बाट कसले बेच्दैछ भारी मात्रामा सेयर ? अब कति बाँकी छ सप्लाई ?

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १६ : १४ मा प्रकाशित

ब्रोकर नम्बर ४२ बाट कसले बेच्दैछ भारी मात्रामा सेयर ? अब कति बाँकी छ सप्लाई ?

सेयर बजार बिस्तारै माथितिर जाँदैछ । १८ सयकाे विन्दुमा झरेकाे बजार अहिले बढेर १९३२ काे विन्दुमा पुगिसकेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढ्दाे क्रममा छ ।

आज (बुधबार) नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेकाे छ । आज कुल २६१ वटा कम्पनीको ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

हामीले हिजाेकाे टप ब्राेकरकाे तथ्याङ्क हेर्याैँ भने ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्यूरिटिजबाट सर्वाधिक बिक्री भएकाे छ । हिजाे ब्राेकर नम्बर ४२ बाट १८ कराेड ५० लाख ७७ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे थियाे । आज पनि ब्राेकर नम्बर ५८ पश्चात् सर्वाधिक बिक्री ब्राेकर नम्बर ४२ बाटै भएकाे छ । आज ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्यूरिटिजबाट कुल १५ कराेड ४९ लाख ८४ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्रोकर नम्बर ४२ बाट म्यासिभ सेलिङ आउनुकाे कारण हाे, ग्लोबल आइएमई समुन्नत योजना-१ को सप्लाई ।  ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहि ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना - १” को झन्डै १० करोड इकाई ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहि ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना - १” को झन्डै १० करोड इकाई गत चैत्र ११ गते नै परिपक्व भइसकेको छ । 

“ग्लोबल आइएमई समुन्नत योजना - १” खारेजी पश्चात् सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था अनुसार क्यापिटलले भुक्तानी दिएपछि अहिले यसकाे सप्लाई भईरहेकाे छ ।

बजारलाई नबिगार्ने हिसाबले थाेरै थाेरै गर्दै यसकाे सेयर बेचिएकाे ब्रोकर नम्बर ४२ का एक उच्च तहका कर्मचारीले अर्थ संसारलाई बताए ।  उनीहरूलाई अहिले नै सेयर बेचिहाल्नु पर्ने बाध्यता नभएका कारण बजार नबिगार्ने हेतुले थारै थोरै सप्लाई गरिएको उनले बताए ।

बुधबार अलि ठूलै अंकले बजार बढ्ने जस्तो माहोल बने पनि सानो अंकले मात्रै बढेर बन्द हुनुमा यहि सेलिङ्ग प्रेसरले पनि भूमिका खेलेको देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको