करिब १०५ वर्षअघि प्रथम विश्वयुद्धमा मारिएका तर हालै मात्र पहिचान भएका तीन जना क्यानडाली सैनिकको अवशेष फ्रान्समा सैन्य भावनाले भरिएको समारोहबीच पुनः गाडिएको छ । यस युद्धमा लाखौं सैनिकको मृत्यु भएको थियो तर अहिलेसम्म उत्तरी फ्रान्सको खेतबारीमा रहेका केही सैनिकको मात्र पहिचान भएको छ ।
हालका वर्षहरूमा उत्तरी फ्रान्समा धेरै भन्दा धेरै प्रथम विश्वयुद्ध सैनिकहरूको अवशेषहरू फेला परेका छन् । यसका लागि प्रमुख पूर्वाधार परियोजनाहरू र मृतकहरूको आफन्तसँग समन्वय गर्ने निकायहरूको उत्कृष्ट सङ्गठनप्रति आधार प्रकट गर्नुपर्छ । युद्धमा ३२ वर्षको उमेरमा मृत्यु भएका आफ्ना काका सर्जेन्ट रिचर्ड मुसग्रेभका ७७ वर्षीय गोर्डन गिलफेथरले भन्नुभयो,“हामीलाई थाहा थियो उहाँ फ्रान्समा मारिनुभएको थियो र उहाँलाई भिमी मेमोरियलमा सम्मान गरिएको थियो । तर याद गर्नुको विकल्प के नै छ ? केबल सम्झना गर्नु र उनीहरूप्रति सद्धभाव दर्शाउनु हाम्रो दायित्व हुनेछ । ”
नजिकैको अरसको उत्तरमा रहेको भिमी मेमोरियलमा प्रथम विश्वयुद्धमा फ्रान्समा ज्यान गुमाएका ११ हजार २८५ क्यानेडियाली नागरिकको नाम अङ्कित गरिएको छ । उत्तरपूर्वी शहर लिले नजिकै लुस–एन–गोहेलस्थित बेलायती चिहानमा बिहीबार आयोजित समारोहमा गिलफेथरले भन्नुभयो, “यो निकै भावनात्मक दिन हो ।”
अर्का नातिनी ८३ वर्षीय जेम्स मुसग्रेभ कोल्टम्यानले समारोहबारे भन्नुभयो, “यो अचम्मको विचार हुनसक्छ तर म (मृतक सैनिक) उहाँको बहिनी, जो हाम्रो हजुरआमा हुनुहुन्थ्यो, केबल यो हेर्न यहाँ उपस्थित भएको र मेरो हजुरबाप्रतिको सम्मान व्यक्त भएको हेर्न चाहन्थें । किनकी उहाँले आफ्नो दाजुलाई अनाहकमा मारिएकोमा निकै पश्चाताप गर्नुहुन्थ्यो ।”
मुसग्रेभको शव सन् २०१७ मा लेन्स नजिकै फेला परेको थियो र उहाँसँँग भेटिएका २४ वर्षीय ह्यारी आथर्टन र २३ वर्षीय पर्सी हावर्थसँगै बेलायती चिहानमा पुनः गाडिएको थियो । तीनै जना बेलायतमा जन्मिएका थिए र क्यानडामा बसाइँ सरेका थिए र युरोपमा भर्ती भएर युद्ध गर्न फर्केका थिए ।
–छ लाख अझै वेपत्ता–
१९१७ को अगस्टमा हिल–७० को युद्धको पहिलो दिन १० हजारभन्दा बढी क्यानेडियालीहरू लेन्सको रणनीतिक खानीहरूको शहरलाई पुनः कब्जा गर्ने प्रयासमा मारिएका थिए वा घाइते भएका थिए ।
प्रथम विश्वयुद्धको समयमा उत्तरी फ्रान्समा हराएका छ लाख सैनिकहरूमध्ये हरेक छ जनामा एक भूतपूर्व बेलायती साम्राज्यका थिए । युद्धका समय मारिएका र गाडिएका सैनिकको अवशेष धेरै वर्षसम्म पेरिस र बेल्जियमको सिमानाको बीचमा ििनरन्तर फेला पर्थे तर कुनै सोच र विचार बिना नै चुपचाप हटाइन्थ्यो ।
अरासस्थित पुरातत्व विभागका प्रमुख एलेन ज्याक्सले भन्नुभयो, “जब पहिलो ठूला पूर्वाधार परियोजनाहरू निर्माण गरिएको थियो, त्यहाँ उत्खननको लागि आधिकारिक प्रक्रिया थिएन । परियोजनाहरूको कामले बाधा पु¥्यायो भने आफुहरूको काम रोकिने झण्झटका कारण स्थानीय ‘रियल इस्टेट’का जन्मदाताहरू र किसानहरू उनीहरूले फेला पारेका शवहरूबारे उल्लेख गर्न हिचकिचाउँथे ।”
ज्याक्सले भन्नुभयो, “त्यसयता निर्माण स्थलहरूमा व्यवस्थित रूपमा विस्फोटक पदार्थ र अवशेष सफा गर्ने अधिकारीहरूलाई बोलाउँछन् । सेनाका रूपमा गरिने जिम्मेवार सेवाहरू अधिक उत्तरदायी हुने हुनाले पूर्व सैनिकहरूलाई प्रायः यी अवशेषहरूले छुन्छन् । किनकि उनीहरूसँग युद्धको साथै र राष्ट्रभक्तिको भावना जोडिएको छ ।”
कमनवेल्थ वार ग्रेभ्स कमिसन (सीडब्ल्यूजीसी) ले राष्ट्रमण्डल सैनिकहरूको अवशेष पहिचान गर्न राष्ट्रिय अधिकारीहरूलाई सहयोग गर्दछ । सन् २०२१ देखि उत्तरी फ्रान्समा दुई जना मानवशास्त्रीहरू मानव अवशेष र तिनीहरूलाई पहिचान गर्न रेजिमेन्ट बिल्ला र रोजगारदाताको सङ्केत गर्ने शुरूवाती अक्षरहरू भएका व्यक्तिगत वस्तुहरू सङ्कलन गर्न मद्दत गर्न सक्ने सहयोगी तैनाथ छन् ।
“हामीले निर्माण उद्योग, खानी सफा गर्ने र प्रहरीलाई समावेश गरेर एक सञ्जाल निर्माण गरेका छौं, त्यसैले रोचक खोजहरू आउँदा हामीलाई सूचित गरिन्छ,” सीडब्ल्यूजीसीको रिकभरी युनिटका प्रमुख स्टेफन नाजीले भन्नुभयो । प्रत्येक वर्ष, यो सेवाले खेत वा हावाबाट बिजुली निकाल्न प्रयोग गरिएका ठूलाठूला ‘विन्डफार्म’ जस्ता निर्माण स्थलहरूमा फेला परेका ४० देखि ६० वटा शवहरू ह्यान्डल गर्दछ ।
– ‘महत्वपूर्ण अवसर’ –
हाल पहिचान भइरहेका मध्ये धेरै अवशेष लेन्सको नयाँ अस्पतालस्थलमा फेला परेका थिए । पेरिसको उत्तरमा रहेको कम्पिग्नेदेखि बेल्जियमको सीमा नजिकको क्याम्ब्राई जोड्ने सेन–नोर्ड नहर खन्ने क्रममा दशौं, सम्भवतः सयौं अन्य लाई उत्खनन गर्न सकिन्छ ।
यसको १०७ किलोमिटर ९६६–माइल) लम्बाइको लागि, नहरले पहिलो विश्वयुद्धको अग्रपङ्तीलाई पछ्याउँछ । “अहिले पनि एक लाख सैनिक पहिचानविना नै फ्रान्सको युद्धभूमिमुनि गाडिएको अवस्थामा छन्,” सीडब्ल्यूजीसीका महानिर्देशक क्लेयर होर्टनले मे ४ मा कमनवेल्थ पीडितहरूको बारेमा भन्नुभयो ।
होर्टनले थप्नुभयो, “उनीहरूका प्रियजनहरूको कुनै ठेगाना छैन, तिनीहरूलाई एक लाख परिवारहरूसँग यथाअवस्थामा पुनः मिलन गराउन हामी काम गर्नेछौं ।” होर्टनले अस्पताल र नहरको निर्माणले ‘अवसरको छोटो तर महत्वपूर्ण ढोका’ को प्रतिनिधित्व गरेको बताउनुभयो ।
“बीस देखि तीस हजार मानिसहरू यो सानो पाँच किलोमिटर क्षेत्रभित्र मरेका थिए,” उहाँले भन्नुभयो । अस्पतालस्थलमा ‘हरेक पटक जब उनीहरूले जमीनमा खन्ने काम गर्छन्, उनीहरूले कसैलाई भेट्टाउँछन्’।
बेलायती कब्रिस्तानको छेउमा लुस–एन–गोहेलमा १२ हजार चिहानहरूको लागि ठाउँ तयार भइरहेको छ । गिलफेथरले भन्नुभयो, “तिनीहरू कहिल्यै बिर्सन सकिँदैनन् । उनीहरूले हामीलाई शान्तिपूर्वक बाँच्नका लागि आफ्नो जीवन बलिदान गरे । एकसय वर्ष बितिसक्दा पनि हामीले यो बिर्सन सक्दैनौं ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस