Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको एक्सन, गैरकानूनी ढंङ्गबाट सञ्चालनमा रहेका दुईवटा स्वास्थ्य संस्थामा लगाइयो ताला

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, ११ : ३६ मा प्रकाशित

बालेनको एक्सन, गैरकानूनी ढंङ्गबाट सञ्चालनमा रहेका दुईवटा स्वास्थ्य संस्थामा लगाइयो ताला

काठमाडौं महानगरपालिकाले कानून विपरितको कार्य गरिरहेका २वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ । महानगरले गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको (दुई) वटा स्वास्थ्य संस्था बन्द गराएको मेयर बालेन्द्र साह उर्फ बालेनले जानाएका हुन् ।

स्वास्थ क्षेत्रका कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिकाअन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन महानगरले निर्देशन यस अघि नै दिइसकेको छ ।

काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य संस्था सुधारको लागि गत जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको नपाईएको पनि साहको गुनासो छ । 

सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएको भन्दै उनले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गराइएको उल्लेख गरेका छन् ।

 

सम्बन्धीत समाचार:

 

काठमाडौं महानगरद्वारा दुई वटा अस्पताल ‘सिल’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको