प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषयगत क्षेत्रका विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताएका हुन्। उनले मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको दावी गरे।
प्रधानमन्त्री दाहालले मुलुकको वर्तमान संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिवद्धत रहेको दाबी गरे। उनले रासायनिक मलको आपूर्तिलाई प्रभावकारी बनाइएको भन्दै यस बर्ष ३ लाख ५१ हजार मेट्रिक टन आयात गरिएकाले मलको अभाव नहुने जिकिर गरे। प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन्।
धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए। साथै, यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस