Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनले दिए ७ दिने अल्टिमेटम

अर्थ संसार

आइतबार, १७ असार २०८०, १७ : १७ मा प्रकाशित

ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनले दिए ७ दिने अल्टिमेटम

बालुवाटास्थित् ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले ७ दिने अल्टिमेटम दिएका छन्।

महानगरको टोली आइतबार ललिता निवास क्षेत्र पुगेको थियो। त्यहाँ रहेका अस्थायी संरचना हटाउन निर्देशन दिएको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेले बताए। उनका अनुसार त्यो क्षेत्रमा नयाँ संरचना बनिरहेको सूचना पाएपछि महानगरको टोली पुगेको हो।

महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरले पहल गरेको उनको भनाइ छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा भाटभाटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई पक्राउ गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको