Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको विचार "पूँजी बजारले यसरी मार्छ छलाङ"

अर्थ संसार

सोमबार, १८ असार २०८०, ०८ : ०८ मा प्रकाशित

तिलक कोइरालाको विचार "पूँजी बजारले यसरी मार्छ छलाङ"

हामी नेपालको पूँजी बजारले ऐतिहासिक छलाङ मार्ने सघारमा उभिएका छौं । आउने केही दिन भित्रैमा पूँजी बजारमा ऐतिहासिक उभार आउनेवाला छ ।  सेयरको मूल्य धेरै बढेर वा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेर त्यो छलाड। मार्ने कुरा गरिएको विल्कुलै हैन । सेयर बजारमा आउने सबै लगानीकर्ताले कमाउँछन् नै भनेर ग्यारेन्टी गर्न पनि खोजिएको हैन । नीति, नियम, प्रविधि, पुर्वाधार र नियमनमा सुधारको कुरा गरिएको हो । 

सबैभन्दा पहिलो कुरा सरकार, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट  पूँजी बजारलाई आघात पार्ने नीतिहरु अब आउने छैनन् । 

अबको केही दिन भित्रैमा डेढ अर्बसम्म चुक्ता पूँजी भएका सेयर दलालहरुले कारोबार सेवा दिदैछन् । धेरै पूँजी भएका ४३ वटा सेयर दलालहरु थपिने कुरा नेपालको सेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार बिकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिदिनेछ । 

हाम्रो पूँजी बजारमा यसै पालादेखि ब्रोकर मार्फत नै मार्जिन ट्रेडिडको सुविधा हामी लगानीकर्ताले पाउने छौं । नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा यस्तो ब्यवस्थालाई यसपल्टदेखि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन मौद्रिक नीतिमार्फत नीतिगत ब्यवस्था गर्ने संकेत दिएको छ र ब्रोकरहरुसँग पनि छलफल गरिसकेको छ । नागरिक स्टक डिलर र नविल सेक्युरिटिज जस्ता ठूला कम्पनीहरुले दिने मार्जिन ट्रेडिड।सेवाबाट धेरै लगानीकर्ता लाभान्वित हुनेछन् । अन्र्तराष्ट्रियस्तरमा सेयर बजारमा निकै प्रचलित यस्तो उपकरणबाट नेपालको सेयर बजारमा बाह्रै महिना लगानीयोग्य रकम अर्थात तरलता उपलब्ध हुनेछ ।

नेपाल स्टक एक्सचेन्जले पहिले नेप्से फिप्टी भनेकोमा अहिले नेप्से थर्टी ईन्डेक्ससहितको उपकरण चाँडै नै संचालनमा ल्याउँदैछ । यसले पूँजी बजारका महत्वपूर्ण कम्पनीहरुको बर्गीकरण  र कारोबारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । 

नेपाल धितोपत्र बोर्डले हाईड्रो र अन्य बर्गका कम्पनीहरुको संस्थापक हिस्सेदारी कति हुनुपर्ने भन्ने कुराको यकिन गर्दै चाँडै नै त्यससम्बन्धी ब्यवस्थाहरु गर्ने गरी हाल अध्ययन गरिरहेको छ । नेपालको पुँजी बजारमा गैैरआवासीय नेपालीहरुको प्रत्यक्ष लगानीसम्बन्धी ब्यवस्था पनि हुन लागेका छन् । 

बजारमा उच्च नेटवर्थ भएका उत्पादनमुलक र सेवा क्षेत्रका कम्पनीहरुको प्रबेश बढ्दो छ । यसबाट लगानीकर्ताले राम्रो कम्पनी छनौट गरी आईपीओमा आबेदन गर्ने र दोस्रो बजारमा कम्पनी छनौटका अरु धेरै विकल्पहरु पाउनेछन् । 

हाम्रो पूँजी बजारमा कर सम्बन्धी अन्योल समाप्त भईसकेर अब सरकारले स्थिर खालको कर नीति लिने सुनिचितता भईसकेको छ । ७।५ र ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम करको रुपमा परिभाषित भईसकेको अबस्थामा अब लगानीकर्ताले करको चिन्ता गर्नुपर्ने अबस्था रत्तिभर छैन । 

बैंक तथा बित्तीय संस्थाहरुमा बढेको तरलता र घट्दो ब्याज दरले लगानीकर्तालाई सेयर कारोबार गर्न अरु सस्तोमा कर्जा उपलब्ध हुनसक्ने संभावना बढेको छ । अहिले सेयर धितो कर्जा लिन बैकहरुमा लगानीकर्ताहरु धाउँदै गरेको र अन्यत्र कर्जा जानसक्ने अबस्था नभएपछि सेयर लगानीकर्ताहरुलाई नै बेंकले आमन्त्रण गरेर आधार दरमै कर्जा उपब्लध गराउने संभावनाले पनि बजारमा माग बढाउँन सहयोग गर्नेछ । 

यी आधारहरु सहित नेपालको पूँजी बजारले  छलाड। मार्ने र ऐतिहासिक उभार आउने कुरा गरिएको हो । यसबाट नेप्सेले  नयाँ रेकर्ड ब्रेक गर्ने र पूँजी बजारमा आउने सबैले कमाउने कुराको ग्यारेन्टी गर्न खोजिएको हैन । 
यसो भन्दैमा असार मसान्तको चाप र नाफा सुरक्षित गर्नेहरुले सेयर बेच्दै बेच्दैनन् भन्न पनि खोजिएको हैन । सेयरको मूल्य दिनदिनै बढेर वा घटेर मात्रै जान्छ भन्न कसैले सक्दैन । बजारमा उतार चढावहरु आईरहन्छन् । 

पूँजी बजार जोखिमको क्षेत्र भएकाले सोची विचारी, आफ्नो जोखिमबहन क्षमता, लगानी रणनीति, लगानी गरिने रकमको लागत, बजारमा हुने खेल, संभावना र चुनौैति राम्रोसँग बुझेर विवेकपूर्ण लगानी गरिएको अबस्थामा बजारबाट लाभ लिन सकिने संभावना धेरै छ । जान्नेले झन् धेरै कमाउँनसक्ने संभावनाका ढोकाहरु खुल्दैछन् । त्यसैले भागेर हैन, बजारमै टिकेर परिवर्तनको स्वाद चाख्नु राम्रो हुनेछ ।

कोइरालाको फेसबुकवालबाट साभार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको