नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भनेर प्रश्न तेर्साएका छन् । प्रधानमन्त्री प्रचण्डले हालै प्रितम सिंहको नाम जोडेर दिएको अभिव्यक्तिलाई लिएर निकै टिका टिप्पणी भइरहेको छ । उनले स्वयम प्रधानमन्त्री दाहाललाई पनि यसपालि प्रधानमन्त्री कसले बनाएको हो ? भन्दै प्रश्न फेसबुकमार्फत तेर्साएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डसँग संसद्ले पनि जवाफ माग्नुपर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रितम सिंहले प्रधानमन्त्री बनाएको भनेर नै सम्बोधन गर्दै प्रश्न सोधेका छ्न ।
रिमालले फेशबुकमा लेखेका छन्–प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न!!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्यो ?
पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्नेरगराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् ररु माननीय ज्यू, तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ !
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस