Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको दराजसँग “दराज महाबचत योजनाका” लागि सहकार्य

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १७ : ३६ मा प्रकाशित

सानिमा बैंकको दराजसँग “दराज महाबचत योजनाका” लागि सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ । 

यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् एक हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु १ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक YouTube च्यानलमा राखिएको छ । 

यो योजना श्रावण ४ देखि श्रावण १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको