Like us!
Follow us!
Connect us!
Watch us!

सुन बरामद प्रकरणः गृहमन्त्रीले किन डाके भन्सार विभागका महानिर्देशकलाई ?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १३ : ३८ मा प्रकाशित

सुन बरामद प्रकरणः गृहमन्त्रीले किन डाके भन्सार विभागका महानिर्देशकलाई ?

एक सय किलो सुन बरामद प्रकरणबारे सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् ।

हिजो (बुधबार) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

उक्त घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई मन्त्रालय बोलाएका हुन् । भन्सार विभागले छानबिन समित गठन गरिसकेको छ । उक्त समितिले पाँच दिन भित्र प्रतिवेदन बुझाउने छ । “विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भने ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको