Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेले ‘बिना ढेउवा के’ व्यवस्थासहित खुलाए ‘जब’ अफर

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १२ : ११ मा प्रकाशित

रवि लामिछानेले ‘बिना ढेउवा के’ व्यवस्थासहित खुलाए ‘जब’ अफर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुका लागि रोजगारीको व्यवस्था गरेको जनाएका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत उक्त विषयको जानकारी दिएका हुन् । 

उनले अहिलेलाई १०० भन्दा बढि जागिरको व्यवस्था गरेको उल्लेख गरेका छन् ।

आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको उनको भनाई छ । उनले आफूले उपनिर्वाचनमा विजय हाँसिल गरेको आज एक सय दिन पूरा भएको उपलक्ष्यमा यस्तो व्यवस्था गरिएको सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन्। चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि बिना ढेउवा के अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।-Photo Source: Facebook page of Rabi lamichhane

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको