Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको नव निर्वाचित कार्यसमितिलाई सिएनआईले स्वागत गर्दै भन्यो– संस्थागत सहकार्य गर्न चाहेका छौँ

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, ११ : २९ मा प्रकाशित

इप्पानको नव निर्वाचित कार्यसमितिलाई सिएनआईले स्वागत गर्दै भन्यो– संस्थागत सहकार्य गर्न चाहेका छौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघ (सिएनआई)ले स्वागत गरेको छ । आज मंगलबार (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघ (सिएनआर्ई)ले स्वागत गरेको हो ।

इप्पान कार्यसमितिलाई स्वागत गर्दै सिएनआईका अध्यक्ष राजेश अग्रवालले ऊर्जा क्षेत्रको विकासका लागि  इप्पानसँग सिएनआईले संस्थागत सहकार्य गर्न चाहेको बताए ।

इप्पान अध्यक्ष गणेश कार्कीले सिएनआईसँग सहकार्य गर्ने कुरा स्वागतयोग्य रहेको भन्दै इप्पान र सिएनआईका २–२ जना प्रतिनिधि रहने समिति बनाएर ऊर्जा क्षेत्रका लागि एउटै बोली बोल्ने वातावरण बनाउनु पर्ने बताए ।

सिएनआईको थापाथलीस्थित् कार्यालयमा सोमवार भएको स्वागत कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सचिव हिमप्रसाद पाठक, सदस्यहरु उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य र मिथुन पौडेल उपस्थित थिए। 

त्यस्तै, सिएनआईका तर्फबाट अध्यक्ष राजेश अग्रवाल, उपाध्यक्ष विरेन्द्र पाण्डे र रोहित गुप्ता लगायतका पदाधिकारीहरू उपस्थित थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको