Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १० : १० मा प्रकाशित

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ जसमा ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन् ।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।

यो योजनाले दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ ।

64d9b4d2e3fde.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको