Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि सर्वदलीय बैठक, होला त सहमति ?

अर्थ संसार

सोमबार, ०४ भदौ २०८०, ०८ : ३६ मा प्रकाशित

आज पनि सर्वदलीय बैठक, होला त सहमति ?

आज पनि सर्वदलीय बैठक बस्ने तय भएको छ। संसद् गतिरोध अन्त्य गर्नका लागि बैठक प्रधानमन्त्रीले आज पनि बैठक राखेका हुन्। बैठक आज दिउँसो ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो आइतबार रहेको बैठकमा सरकार र प्रतिपक्ष बिच सहमति जुट्न नसकेरै अन्त भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । हिजोको बैठकबाट पनि एमाले आफ्नो मागमा यथावत नै रहयो। 

सरकार भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‍सीआइबीले नै छानबिन गरेर टुंग्याउने पक्षमा रहेको छ ।

साउन १० गते देखी संसद् चल्न सकेको छैन। साउन ५ गते प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको