सांसद हरि ढकालले आज अर्थमन्त्रालयमा गएर अर्थमन्त्री डा.प्रकाश शरण महतसँग भेटवार्ता गरेका छन् । अर्थमन्त्री महतसँग भेटेर उनले पूँजी बजार सुधारका लागि तत्काल कदम चाल्न सल्लाह दिएका छन् ।
ढकालले सेयर बजारको गतिरोध अन्त्यको लागि ठोस कदम चाल्न मा अर्थमन्त्री महतलाई सुझावसहित आग्रह गरेका हुन् । ढकालले पूँजी बजारका अलावा माछा किसानको समस्या समाधानका लागि आवश्यक कदम चाल्न समेत अर्थमन्त्री महतलाई सुझावसहित आग्रह गरेका छन् ।
भेटवार्ताका क्रममा अर्थमन्त्री महतले दुवै सेक्टरको समस्या समाधानको लागि तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस