Like us!
Follow us!
Connect us!
Watch us!

ग्यासमा नै २३५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलको पनि मुल्य बढ्यो

अर्थ संसार

विहीबार, १४ भदौ २०८०, २१ : ३१ मा प्रकाशित

ग्यासमा नै २३५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलको पनि मुल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ । 

तेस्तै डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १,६६० रुपैयाँबाट बढेर १,८९५ रुपैयाँ तोकिएको छ। 

64f0b5ebcfdd5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको