Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको ११ वर्षिय लाभांश इतिहास , याे वर्ष कति देला ?

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १४ : २० मा प्रकाशित

ग्लोबल आईएमई बैंकको ११ वर्षिय लाभांश इतिहास , याे वर्ष कति देला ?

ग्लोबल आईएमई बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । याे बैंक लगानीकर्ताहरूले राेज्ने बैंकहरूकाे सूचीमा पर्दछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता एक सय ९८ रूपैयाँ ३० पैसा रहेकाे छ । 

बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत लाभांश (१२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश (३ प्रतिशत बाेनस र १० प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

यस्ताे छ ग्लोबल आईएमई बैंक लिमिटेड​को ११ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद गरि कूल २५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.५ प्रतिशत नगद गरि कूल १३.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १०.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

याे वर्ष कति देला ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रूपैयाँ रहेको छ । वितरणयोग्य मुनाफाको आधारमा हेर्दा यो वर्ष बैंकको लाभांश क्षमता ८.२६ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको