नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई देशभर सार्वजनिक बिदा दिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको मंगलबार बिहान निधन भएको हो।
श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित नेम्वाङको निवासमा राखिने छ ।
नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने नेकपा एमालेले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस